९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फुटबल शुद्धीकरण अभियानमा होमियौं : कर्माछिरिङ


0
Shares

काठमाडौं, जेठ ७ । बर्खास्तीमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष कर्माछिरिङ शेर्पाले फिफाको पछिल्लो निर्णयले नेपाली फुटबलजगत्को विद्यमान समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार हामीसँग कुरा गर्दै एन्फाको संस्थापनपक्षले इमान्दार भएर फिफाको निर्देशन कार्यान्वयन गर्नुपर्ने र आफूहरु लचिलो भएर मिलेर जाने शेर्पाले बताए ।

उपाध्यक्ष शेर्पाले आफूहरु पदको लोभ नगरी दुई वर्षभन्दा बढी फुटबल शुद्धीकरण अभियानमा होमिएको भन्दै एन्फामा पुनर्बहालीपछि फुटबल विकासका योजनाहरु कार्यान्वयन गर्न इमान्दार भएर लाग्ने बताए ।