६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बोको हरामको कब्जाबाट अर्की छात्रा पनि रिहा


0
Shares

नाइजेरिया, जेठ ७ । नाइजेरियाको चरमपन्थी समूह बोको हरामले दुई वर्षअघि अपहरण गरेकी अर्की एक छात्राको पनि उद्दार गरिएको छ ।

सेरा लुका नाम गरेकी छात्राको उद्दार गरिएको त्यहाँको सुरक्षा निकायले जनाएको छ ।

यसअघि बुधबार अमिना नामकी एक छात्राको उद्दार गरिएको थियो । योसँगै बोको हरामले अपहरण गरेका दुई छात्राको उद्दार भएको छ ।

बोको हरामले सन् २०१४ को अप्रिल १४ मा नाइजेरियाको चिबोकस्थित एक विद्यालयबाट २७६ स्कुले छात्राको अपहरण गरेको थियो ।

पछिल्लो सैन्य कारवाहीमा बोको हरामका ३५ भन्दा बढी लडाकु मारिएको सेनाले जनाएको छ । (एजेन्सी)