२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


कपडाबाटै बने चित्र, वास्तविकता तपाइँले सोचेभन्दा फरक छ ! (भिडियो)


0
Shares

काठमाडौं, जेठ ६ । पोखराका कलाकार बाबुराम कास्केलीले कपडाका टुक्राबाट तयार पारेका विभिन्न कलाहरुको प्रदर्शनी विहीबारदेखि सुरु भएको छ ।

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा २५ ओटा मौलिक तथा ऐतिहासिक धरोहर झल्कने चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रदशनीमा राखिएका सबै कलाकृति पूर्णरुपमा रंगीन कपडाका टुक्राबाट बनाइएको कलाकार कास्केलीले जानकारी दिए ।

उनले तीन वर्ष लगाएर यी मौलिक कलाकृति तयार पारेको भन्दै यसमा कुनै रंगको प्रयोग नगरिएको दाबी गरे ।

यो खालको चित्रकलाको प्रदर्शनी नेपालमा पहिलोपटक गरिएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्