
काठमाडौं, जेठ ६ । इङ्लिस फुटबल क्लब लिभरपुललाई पराजित गर्दै स्पेनको सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
स्विट्जरल्याण्डको बाजलमा बुधबार राति भएको फाइनलमा लिभरपुल ३-१ ले पराजित भयो । खेलको ३५ औं मिनेटमै ड्यानिएल स्टरीजले एक गोल गर्दै लिभरपुललाई अग्रता दिए ।
तर दोस्रो हाफको सुरुमै सेभियाका केभिन गामेरोले एक गोल फर्काउँदै खेललाई बराबरीसम्म ल्याए । यसपछि कोकेले लगातार दुई गोल गर्दै सेभियाको जित सुनिश्चित गरे ।
जितसँगै सेभियाले लगातार तेस्रो पटक युरोपा लिग फुटबलको उपाधि हात पारेको छ । समग्रमा भने सेभियाको यो पाँचौ युरोपियन उपाधि हो ।
प्रतिक्रिया दिनुहोस्