९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रिय चेस प्रतियोगिता विहीबारदेखि, शीर्ष पाँचमा रहने खेलाडी ओलम्पियाडमा जाने


0
Shares

काठमाडौं, जेठ ५ । १९औं राष्ट्रिय खुला चेस प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस प्रतियोगिता विहीबार (भोलि)देखि इलाममा हुँदैछ ।

शिवानी एअरलाइन्सको प्रमुख प्रायोजन तथा नेपाल निर्माण व्यवसायी महासंघ र गजुरमुखी निर्माण कम्पनीको सहप्रायोजनमा ६ दिनसम्म सन्चालन हुने प्रतियोगितामा ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल बुद्धिचाल संघको आयोजना तथा गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचाल संघको व्यवस्थापनमा सन्चालन हुने प्रतियोगिताको खुलातर्फ ३५ तथा महिलातर्फ १८ खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा शीर्ष पाँच स्थानमा रहने खेलाडीले आगामी सेप्टेम्बर १ देखि १४ तारिखसम्म अजरबैजानको बाकुमा हुने ४२औं चेस ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

नेसनल ‘ए’कोरुपमा पहिलोपटक सन्चालन हुन लागेको प्रतियोगितामा सहभागिताका लागि गत वैशाखमा ललितपुरमा नेसनल ‘बी’ च्याम्पियनसिपको आयोजना भएको थियो ।

सो प्रतियोगिताबाट खुलातर्फ २० तथा महिलातर्फ १२ खेलाडी छनोट भएका हुन् । खेल फिडेको स्वीस लिगअनुसार ९ चरणसम्म हुनेछ ।