
काठमाडौं, जेठ ५ । भारतको तमिलनाडु र आन्द्र प्रदेशमा दुई दिनदेखि परेको भारी वर्षाका कारण त्यस क्षेत्रमा शक्तिशाली आँधीको चेतावनी दिइएको छ ।
तमिलनाडुको राजधानी चेन्नाई र आन्द्र प्रदेशमा ४८ घन्टाभित्र चक्रवात आँधी आउनसक्ने भन्दै सजग गराउनका साथै माझीहरुलाई समुद्रमा जान रोक लगाइएको छ ।
भारी वर्षाका कारण हजारौं मानिस प्रभावित भएका छन् । घर–घरमा पानी जमेकाले जनजीवन कस्टकर बन्नुका साथै प्रभावित क्षेत्रमा विद्यालय र कलेजहरु बन्द गरिएका छन् ।
यसअघि, गत महिनामा पनि चेन्नईमा सात दिनसम्म पानी पर्दा सयौं मानिस विस्थापित भएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्