६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


श्रीलंकामा बाढीमा परी ११ जनाको मृत्यु, दुई लाख २५ हजार मानिस प्रभावित


0
Shares

काठमाडौं, जेठ ५ । श्रीलंकामा बाढी र पहिरोमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । तीन दिनदेखि लगातार परेको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर दुई लाख २५ हजार मानिस प्रत्यक्ष प्रभावित भएको श्रीलंकाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यहाँको प्रकोप व्यवस्थापन केन्द्रका अनुसार ५३ हजारभन्दा बढी परिवार बाढी तथा करिब ३० हजार परिवार पहिरोको मारमा परेका छन् ।

प्रभावितहरुलाई दुई सय २६ शिविरमा आश्रय दिइएको जनाइएको छ । रानवाला क्षेत्रमा गएको पहिरोमा परी अरु ६ जना हराइरहेको र थुप्रैं घाइते भएको बताइएको छ ।

अरु थुप्रैं जिल्लामा यस्तै पहिरोको खतरा औल्याइएको छ । राजधानी कोलम्बोलगायत शहरका मुख्य सडकहरु बाढीमय भएकाले यात्रामा रोक लगाइएको छ । (एजेन्सी)