९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पुणेको जितसँगै दिल्ली संकटमा


0
Shares

विशाखापट्टनम, जेठ ५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत हिजो राति भएको खेलमा अशोक डिन्डा र एडम जाम्पाको शानदार बलिङपछि अजिन्क्य रहाणेको उत्कृष्ट ब्याटिङको मद्दतमा राइजिङ पुणे सुपरजाइन्ट्सले दिल्ली डेयरडेभिल्सलाई पराजित गरेको छ ।

वर्षा बाधित म्याचमा पुणेले डकवर्थ लुइस प्रणालीबाट १९ रनको जित हात पारेको हो । हारसँगै प्लेअफमा पुग्ने दिल्लीको बाटो साँघुरो भएको छ ।

पहिले बलिङ गरेको पुणेका लागि डिन्डा र जाम्पाले तीन–तीन विकेट लिएपछि दिल्ली १२१ रनमै रोकिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पुणेले एक विकेटको क्षतिमा ११ ओभरमा ७६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो ।

पुणेका लागि रहाणेले ४२ रन बनाए ।

अंक तालिकामा दिल्ली १२ खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । प्लेअफमा पुग्नका लागि उसले बाँकी दुबै म्याच जित्न जरुरी हुन्छ । पुणे भने प्लेअफको दौडबाट बाहिरिइसकेको छ ।