१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


युवाकप भलिबलको उपाधि ओयामको पोल्टामा


0
Shares

पाँचथर, जेठ ४ । पाँचथरको फिदिममा सम्पन्न जिल्लाकै सर्वाधिक राशीको जिल्लास्तरीय युवाकप भलिबल प्रतियोगिताको उपाधि ओयाम गाविसले हात पारेको छ ।

मंगलबार भएको फाइनल खेलमा पौवासारतालाई पराजित गर्दै आयोमले उपाधि उचालेको हो । विजेता ओयामले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

उपविजेतामै चित्त बुझाएको पौवासारतापले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो ।

‘बेस्ट अफ फाइभ’मा ओयामले पहिलो सेट २५–२३ दोस्रो सेट २५–१९ र पाँचौ सेट २५–२३ ले जितेको हो ।

पौवासारताले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जितेको थियो ।

प्रतियोगितामा पौवासारतापका खेलाडी सुकवीर नेम्वाङ उत्कृष्ट घोषित भए ।

प्रतियोगितामा जिल्लाका १२ गाविस टिम सहभागी भएका थिए ।