
काठमाडौं, जेठ ४ । मलेसियामा हुने १५ वर्षमुनिको क्रिकेट प्रतियोगितामा नेपालको बालुवाटार क्रिकेट ट्रेनिङ सेन्टर सहभागी हुने भएको छ ।
बुधबार (भोलि)देखि क्वालालाम्पुरमा हुने केडीपी ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा बालुवाटार क्रिकेट ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्ने भएको हो ।
प्रतियोगितामा भाग लिन मलेसिया जाने टोलीलाई मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बिदाइ गरियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष विनयराज पाण्डे र बालुवाटार ट्रेनिङ सेन्टरका सन्चालक उपेन्द्र भट्टराईले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बिदाइ गरेका हुन् ।
मलेसियामा एक सातासम्म चल्ने प्रतियोगितामा बालुवाटारसहित विभिन्न मलेसियन क्रिकेट एकेडेमीका १५ वर्षमुनिका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्