८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मध्यरातमा दम्पत्तीबीच विवाद, घाँटी थिचेर पत्नीको हत्या


0
Shares

झापा, जेठ ४ । झापाको बिर्तामोडमा सोमबार राती एकजनाले घाँटी थिचेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बिर्तामोड नगरपालिका ६ स्थित हरि प्रसाद राजवंशीको घरमा डेरा लिई बसेका ३५ वर्षीय दिपक अग्रवालले आफ्नै २५ वर्षीया पत्नी ज्योति अग्रवालको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार सोमबार राती करिब १२ बजेतिर दुबैबीच वादविवाद भएको थियो । वादविवादकै क्रममा अग्रवालले पत्नी ज्योतिको घाँटी थिचेर हत्या गरेको घर धनी हरिप्रसादले प्रहरीलाई जानकारी गराएका हुन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षकसहितको टोली खटिई दिपक अग्रवाललाई नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।