
कोलकाता, जेठ २ । कोलकातालाई हराउँदै बैङ्लोरले इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना जीवितै राखेको छ ।
गएराति आफ्नै मैदान ईडन गार्डेनमा कोलकाता नाईट राईडर्स ९ विकेटले पराजित भयो ।
खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो । उसका लागि गौतम गम्भिरले ५१ रन तथा मनिष पाण्डेले ५० रन जोडे । यसैगरी आन्द्रे रसेलले अविजित ३९ रनको योगदान दिए ।
जवाफमा १८४ रनको लक्ष्य बैङ्लोरले खेलमा ८ बल बाँकी छँदा १ विकेट गुमाएर पुरा गर्यो । बैङ्लोरलाई विजयी गराउन विराट कोहलीले अविजित ७५ रन तथा एबी डे भिलायर्सले अविजित ५९ रन जोडे । यसैगरी क्रिस गेलले ४९ रनको योगदान दिए ।
जितसँगै रोयल च्यालेन्जर्स बैङ्लोर १२ खेलबाट १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । प्ले अफ चरणमा पुग्न उसले अब बाँकी रहेको दुईवटै खेल जित्नुपर्नेछ ।
आईपिएल क्रिकेटमा आज राती राईजीङ पुणे सुपरजाईन्ट्स र दिल्ली डेयर डेभिल्स भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्