६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गाँजासहित एक नेपाली महिला र चार भारतीय पक्राउ


0
Shares

रौतहट, जेठ ३ । रौतहट प्रहरीले आज एक नेपाली महिलासहित चार जना भारतीय नागरिकलाई एक किलो लागूऔषध गाजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवाकी काजलकुमारी यादव, भारत बिहार सितामढीका राहुलकुमार कापर, सोगारथ कापर, मिथलेस पन्डित र दिनेश महतो पक्राउ परेका हुन् ।

काठमाडौंबाट सर्लाही जाँदै गरेको ना. ४ ख ६४२७ नम्बरको बसबाट चन्द्रपुर नगरपालिका–८ बाट उनीहरुलाई पक्राउ गरिएको हो । पाँच दिन यता मात्रै प्रहरीले खैरो हिरोइन, चरेस र गाँजासहित १० जना पक्राउ परिसकेको छ ।