१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मुम्बईद्वारा दिल्ली ८० रनले पराजित


0
Shares

दिल्ली, जेठ ३ । आईपिएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली डेयरडेभिल्सलाई ८० रनले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो । उसका लागि क्रुनल पाण्डेले ८६ रन तथा मार्टिन गप्टिलले ४८ रन जोडे ।

जवाफमा २०७ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर १ बलमा अलआउट हुनुपूर्व १२६ रनमात्रै बनाउन सक्यो ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जसप्रित बुमराहले ३ तथा क्रुनल पाण्डेले २ विकेट लिए ।

गएरातिको जितपछि १३ खेलबाट १४ अंक जोडेको मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।