
मोहाली, जेठ २ । सनराइजर्स हैदराबाद भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्षस्थानमा पुगेको छ ।
१२ औं खेलमा किंग्स इलाभेन पञ्जाबलाई ७ विकेटले हराउँदै हैदराबाद शीर्ष स्थानमा रहन सफल भएको हो ।
मोहालीमा भएको खेलमा १८० रनको चुनौती पछ्याएको हैदराबादले दुई बल खेल्न बाँकी छँदै ३ विकेट गुमाएर विजय हासिल गरेको हो ।
डेभिड वार्नरले ४१ बलमा ५२ तथा युवराज सिंहले २४ बलमा अविजित रहँदै ४२ रन जोडे ।
यसअघि पञ्जाबले पहिले ब्याटिङ्ग गर्दै ४ विकेटको क्षतिमा १७९ रन बनायो । म्यान अफ द म्याच हसिम अम्लाले ५६ बलमा ९६ रनको योगदान दिए ।
१२ खेल खेलेको हैदरावाद ८ जितका साथ १६ अंक बनाएर शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानको कोलकताले ११ खेलबाट १४ अंक बनाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको गुजरातले १२ खेलबाट १४ अंक हासिल गरेको छ भने चौथो नम्बरमा रहेको दिल्ली १० खेलबाट १२ अंक बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्