६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चीनद्वारा अमेरिकी आरोपको कडा प्रतिवाद


0
Shares

बेइजिङ, जेठ २ । चीनले अमेरिकाद्वारा आफूमाथि लगाइएको आरोपको कडा प्रतिवाद गरेको छ । केही दिनअघि अमेरिकी रक्षा मन्त्रालयले भारतका कारण चीनले आधुनिक परमाणु उपकरण र हतियार तैनाथ गर्ने होडमा अघि बढेको आरोप लगाएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयका तर्फबाट त्यहाँको संसदमै चीनको परमाणु शक्ति सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो । प्रतिवेदनमा अमेरिका, रुस, भारतको रक्षा क्षमताका कारण चीन आफ्नो परमाणु शक्ति बढाउन बाध्य हुँदै गएको उल्लेख थियो । तर चीनले अमेरिकाको सो आरोपलाई निराधार भन्नुका साथै यसबाट दुई देशबीचको सम्बन्धमा असर पर्ने चेतावनीसमेत दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता याङ्ग युजुनले नियमित पत्रकार भेटघाटका क्रममा अमेरिकी सो भनाईको कडा प्रतिवाद गरे । उनले भने, ‘अमेरिकी सो प्रतिवेदनले चीनको विश्वासमा ठेस लागेको छ ।’ यस्तो प्रतिवेदनबाट दुई देशबीचको सम्बन्धमा तनाव बढ्ने उल्लेख गर्दै उनले भने, ‘अमेरिकाले नै चिनियाँ जल सीमामा आफ्नो विमान र पोत पठाएर सिंगो क्षेत्रमा तनाव बढाउने काम गरेको छ ।’

चीन आफ्नो राष्ट्रिय सुरक्षा नीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उनको भनाई थियो । (एजेन्सी)