१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


इङ्लिस प्रिमियर लिगमा आज अन्तिम चरणका दश खेल हुँदै


0
Shares

काठमाडौं, जेठ २ । इङ्लिस प्रिमियर लिग फुटबलमा जारी सिजनको अन्तिम चरणका खेलअन्तर्गत आज सबै दश खेल हुँदै छन् ।

सबै खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने छ । आज आर्सनल र एस्टोन भिल्ला, चेल्सी र लेष्टर सिटी, एभर्टन र नर्विच सिटी, म्यान्चेष्टर युनाइटेड र ए.एफ्.सी बर्नमाउथ, न्युकासल युनाइटेड र टोटनहाम हट्स्पर तथा साउथह्याम्पटन र क्रिष्टल प्यालेस भिड्दै छन् ।

यस्तै, स्टोक सिटी र वेष्टहाम युनाइटेड, स्वान्सी सिटी र म्यान्चेष्टर सिटी, वार्टफर्ड र सण्डरल्याण्ड तथा वेष्ट ब्रोमविच आल्बियन र लिभरपुल भिड्दै छन् ।

यस अघीनै जारी सिजनको प्रिमियर लिग उपाधी लेष्टर सिटीले जिती सकेको छ भने न्युकासल, नर्विच र एस्टन भिल्ला रेलिगेसनमा परेका छन् ।