
काठमाडौं, जेठ २ । भारतको गुजरातमा चक्कु प्रहार गरेर तीन जनाको हत्या गरिएको छ । गुजरातको सुरत शहरमा लेनदेनको विषयमा भएको विवादमा चार जनाले चक्कुले हान्दा तीन जनाको हत्या गरेका हुन् ।
घटना गएराति भएको हो । मारिनेमा भरत तोगडिया, बालु हिराणी र अशोक पटेल रहेको प्रहरीले जनाएको छ ।
अश्विनी कुमार रोडमा रहेको स्थानीय व्यापारी बालु हिराणीको कार्यालयमा पैसा लिन गएका चार जनाले विवाद भएपछि कार्यालयमा रहेका चार जनालाई चक्कुले हानेको प्रहरीले जनाएको छ ।
आक्रमणमा परि एक जना घाइते भएका छन् । आक्रमणकारीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्