
पोखरा, जेठ १ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पहिलोपटक भएको ‘पोखरा स्पोर्टस् अवार्डको उत्कृष्ट वर्ष खेलाडीको पुरस्कार महिलातर्फ भलिबल खेलाडी मञ्जु गुरुङ र पुरुषतर्फ फुटबल खेलाडी हेमन गुरुङले जितेका छन् ।
त्यस्तै, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।
उत्कृष्ट प्रशिक्षकमा सुरेन्द्र गुरुङ छानिएका छन् ।
मनोनयमा परेका तीनमध्ये उत्कृष्ट छनोटका लागि ५ सदस्यीय प्रतिभा छनोट समिति गठित भएको थियो ।
वर्ष खेलाडीलाई शनिबार जनही २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
वर्ष खेलाडीमा उत्कृष्ट पुरुष तथा महिलालाई सामसङ मोबाइल पनि दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्