
काठमाडौं, जेठ १ । स्पेनिस लिग ला लिगा फुटबलअन्तर्गत जारी सिजनको अन्तिम खेलमा आज बार्सिलोनाले ग्रानाडाको सामना गर्दै छ ।
ग्रानाडाको मैदानमा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुने छ । सोही समयमा रियल मड्रिडले डेपोर्टिभो ला कोरुनासँग उसकै मैदानमा खेल्दै छ ।
यि दुई खेलको नतिजाले अंक तालिकामा ८८ अंकका साथ शीर्ष स्थानमा रहेको बार्सिलोना र ८७ अंकका साथ दोस्रो स्थानमा रहेको रियल मड्रिड मध्य जारी ला लिगाको उपाधी कसले जित्छ भन्ने छिनोफानो गर्ने छ ।
आज जित निकाल्न सके साबिक बिजेता बार्सा लिग च्याम्पियन बन्ने छ । तर बार्सा बराबरीमा रोकिए अथवा पराजित भए र अर्को खेलमा रियल मड्रिड बिजयी भए तालिकामा बार्सा भन्दा १ अंक कम जोडेको रियल च्याम्पियन बन्ने छ ।
गत साता पराजित भएसँगै उपाधी होडबाट बाहिरिएको एथ्लेटिको मड्रिडले आज राति सवा ११ बजे घरेलु मैदानमा सेल्टा भिगोसँग खेल्दै छ । ८५ अंकका साथ एथ्लेटिको मड्रिड तालिकाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्