
काठमाडौं, वैशाख ३० । शताब्दीपुरुष सत्यमोहन जोशीको ९७औं जन्मोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ९ जना व्यक्तिहरुलाई विहीबार पुरस्कृत गरिएको छ ।
नइ प्रकाशनले काठमाडौंमा गरेको कार्यक्रममा यसवर्षको नइ भूपालदुर्गा पुरस्कार संस्कृतिविद् एवं मानवशास्त्री प्रा.डा प्रेमकुमार खत्रीलाई प्रदान गरियो ।
यस्तै, नइ चन्द्रधन पुरस्कार काशी भारतका स्वामी ओमकारानन्द गिरी, नइ कीर्तिनिधि पुरस्कार चिन्तक यज्ञप्रसाद आचार्य तथा नइ ईश्वर बराल पुरस्कार राजेन्द्र सुवेदीलाई प्रदान गरियो ।
यसैगरी, नइ रेखा पुरस्कारबाट साहित्यकार डा.गार्गी शर्मा, नइ गणेशदुर्गा पुरस्कारबाट भारत सिक्किमका साहित्यकार डा. पुष्प शर्मा तथा नइ भाजप पुरस्कारबाट पत्रकार एवं साहित्यकार नकुलकाजी सम्मानित भएका छन् ।
कार्यक्रममा नइ कोइलीदेवी पुरस्कार गायिका ज्ञानु राणा तथा नइ रामलक्ष्मी पुरस्कार तेश्रोलिंगी सुमन महर्जनलाई प्रदान गरियो ।
जनही ५० हजार रुपैयाँ नगद तथा ताम्रपत्रसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्