९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लाङटाङदेखि गोसाइँकुन्डसम्म हाफ म्याराथन हुने


0
Shares

काठमाडौं, वैशाख ३० । आगामी जेठ १४ देखि १६ गतेसम्म लाङटाङदेखि गोसाइँकुन्डसम्म हाफ म्याराथन हुने भएको छ ।

ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)ले आफ्नो ३८औं स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

तीनदिने प्रतियोगिता गोसाइँकुन्डबाट सुरु भइ लौरीबिना, चोलाङपाटी, चन्दनपारी, देउराली हुँदै रसुवा सदरमुकाम धुन्चे पुगेर सम्पन्न हुनेछ ।

१८ वर्षभन्दा माथिका स्वदेशी तथा विदेशी नागरिकले उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताले विनाशकारी भूकम्पले थलापरेको लाङटाङ क्षेत्रको पर्यटनलाई माथि उकास्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।