३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भारतका प्रधानमन्त्री मोदीको शैक्षिक प्रमाणपत्र नक्कली !


0
Shares

नयाँ दिल्ली, वैशाख ३० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्रबारेको विवाद अझै सुल्झिएको छैन । ‘आम आदमी पार्टी’ ले मोदीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै छानविनको माग गरेको छ ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र अर्थमन्त्री अरुण जेट्लीले केही दिनअघि मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका थिए । मोदीको शैक्षिक योग्यताका बारेमा प्रश्न उठ्न थालेपछि उनीहरुले शैक्षिक प्रमाणपत्र नै सार्वजनिक गरेका थिए । तर यतिले पनि विवाद साम्य भएन । अझ आम आदमी पार्टीले सार्वजनिक शैक्षिक प्रमाणपत्रमा कयौं त्रुटी रहेको भन्दै छानविनको माग गरेको छ ।

सो पार्टीका नेता आशुतोषका अनुसार दिल्ली विश्वविद्यालयद्वारा जारी शैक्षिक प्रमाणपत्रमा त्रुटी देखिएको हो । सन् १९७८ मा जारी प्रमाणपत्रमा मोदीको नाम र अंक कम्प्युटरमार्फत लेखिएको दाबी गर्दै आशुतोषले भनेका छन्, ‘त्यो वर्ष जारी अन्य विद्यार्थीको प्रमाणपत्रमा नाम र अंक हातले लेखिएको छ ।’ उनले दिल्ली विश्वविद्यालयलाई प्रश्न गरेका छन्, ‘सन् १९७८मा विश्वविद्यालयसँग कम्प्यूटर थियो र ?’

मोदीको शैक्षिक प्रमाणपत्रमा विश्वविद्यालयको लोगो आधुनिक फन्टमा प्रकाशित भएको उल्लेख गर्दै उनले सोही वर्ष जारी अन्य विद्यार्थीको प्रमाणपत्रमा भने साधारण फन्टमा लोगो छापिएको दाबी गरेका छन् ।

पार्टी कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा उनले दिल्ली विश्वविद्यालयका पदाधिकारीतर्फ संकेत गर्दै भने, ‘तपाईहरु कीर्ते कामको हिस्सा नबन्नुहोस् ।’