३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


बेलायती महारानीले चिनियाँ अधिकारीलाई ‘अशिष्ट’ भनिन्


0
Shares

लन्डन, वैशाख ३० । बेलायतकी महारानी एलिजावेथ द्वितीयले चिनियाँ अधिकारीलाई ‘अशिष्ट’ भनेर टिप्पणी गरिएको एउटा भिडियो सार्वजनिक भएको छ ।

अघिल्लो वर्ष अक्टोबरमा चिनियाँ राष्ट्रपति शी जिनपिङ्गको बेलायत भ्रमणकै क्रममा महारानीले यस्तो टिप्पणी गरेकी हुन् । बकिंघम प्यालेसमा आयोजित कार्यक्रममा महारानीले चीनका लागि बेलायती राजदुत बारबरा वुडवार्डसँग चर्चा गर्दै चिनियाँ अधिकारीका बारेमा यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार उनको यो टिप्पणी प्रशारण भएपछि चीनमा बीबीसी र सीएनएन टेलिभिजन च्यानलको प्रशारण बन्द गरिएको बताइन्छ ।

चिनियाँ विदेश मन्त्रालयले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन । विदेश मन्त्रालयले दुई देशबीच राम्रो सम्बन्ध रहेको भन्दै महारानीको भनाईका बारेमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको हो ।

बकिंघम प्यालेसले पनि महारानीको नीजि कुराकानीका बारेमा कुनै प्रतिक्रिया दिन नमिल्ने भन्दै यसबारेमा मौनता लिएको छ ।

त्यसैगरी बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पनि अफगानिस्तान र नाइजेरियालाई ‘भ्रष्ट देश’ भनेको भिडियो प्रकाशमा आएको छ । क्यामरुनले महारानी एलिजावेथको ९० औं जन्मोत्सवका अवसरमा बकिंघम प्यालेसमा आयोजित समारोहमा महारानीसँग कै कुराकानीका क्रममा यस्तो टिप्पणी गरेका हुन् । (एजेन्सी)