९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


मुम्बई इन्डियन्सको जितसँगै बेंग्लोर संकटमा


0
Shares

काठमाडौं, वैशाख ३० । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

बेंग्लोरको चिनास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर १५१ रनमात्रै बनाउन सक्यो ।

बेंग्लोरका लागि लोकेश राहुलले अविजित ६८ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।

जवाफमा १५२ रनको लक्ष्य मुम्बईले खेलमा ८ बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा ग¥यो । मुम्बईका लागि अम्बाती रायुडुले ४४ रन तथा काईरन पोलार्डले अविजित ३५ रन जोडे । यसैगरी जोस बट्लरले अविजित २९ रनको योगदान दिए ।

जारी प्रतियोगितामा मुम्बईको यो छैठौं जित हो । ११ खेलमा पाँच पराजय व्यहोरेको मुम्बई अंक तालिकामा चौथो नम्बरमा पुगेको छ । बेंग्लोर भने १० खेलबाट चार जित र ६ हारका साथ ८ अंक बनाएर छैठौं नम्बरमा सीमित छ । अर्को चरणमा प्रवेशका लागि बेंग्लोर बाँकी खेल जित्नैपर्ने दबाबमा परेको छ ।

आईपिएल क्रिकेटमा आज राती सनराईजर्स हैदरावाद र दिल्ली डेयर डेभिल्स भिड्नेछन् ।