
वीरगन्ज, वैशाख २९ । बारा र पर्साका चामल उद्योगीहरुले राज्यको गलत नीतिका कारण अधिकांश खाद्यान्न उद्योग धराशायी हुने अवस्थामा पुगेको गुनासो गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघ र आर्थिक अभियानले बुधबार वीरगन्जमा गरेको ‘खाद्यान्न उद्योगका समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनीहरूले अदूरदर्शी सरकारी नीतिका कारण स्वदेशी खाद्यान्न उद्योग संकटमा परेको बताएका हुन् ।
भारतले धान निकासीमा रोक लगाएपछि नेपाली सीमाका चामल उद्योगहरु धराशायी बनेको उनीहरुको भनाइ थियो ।
भारतीय सीमामा खुल्न लागेका चामल उद्योगले आफूहरुको लगानी डुब्ने अवस्थामा पुगेको उद्योगीहरुले बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्