
विशाखापट्टनम, वैशाख २९ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।
विशाखापट्टनममा भएको खेलमा हैदरावादले पुणे सुपरजाइन्ट्सलाई चार रनले हराएको हो ।
पुणेका एडम जाम्पाले चार ओभरमा १९ रन दिएर ६ विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । १३८ रनको लक्ष्य पछ्याएको पुणेले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनायो ।
पुणेका कप्तान महेन्द्र सिंह धोनीले २० बलमा ३० तथा जर्ज बेलीले ४० बलमा ३४ रन बनाए ।
हैदरावादका आशिष नेहराले तीन विकेट लिए ।
पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा १३७ रन बनायो । उसका लागि शिखर धवनले २७ बलमा ३३, केन विलियम्सनले ३७ बलमा ३२ तथा युवराज सिंहले २१ बलमा २३ रन बनाए ।
१० खेलबाट १४ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा छ । ११ खेलबाट ६ अंक मात्र जोडेको पुणे सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्