
काठमाडौं, वैशाख २९ । सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ ।
अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ‘ट्याक्स हेभन’ मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको हो ।
विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले चासो पूर्वक अनुसन्धान थालेको जानकारी दिए ।
‘नेपाली नागरिकको अवैध लगानीबारे विभागले अनुसन्धान सुरु गरिसकेको छ, महानिर्देशक कार्कीले भने, ‘यसबारे केही चरण छलफल भएका छन् ।’
यस्ता केही नेपाली नागरिक र व्यवसायीको नाम मंगलबार सार्वजनिक भएकाले त्यसको सत्यतथ्यबारे जानकारी लिन सुरु गरिएको उनले बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्