६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नेपाल–चीन उद्योग वाणिज्य संघ र डोंगुआनबीच समझदारी


0
Shares

काठमाडौं, वैशाख २८ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाल–चीन उद्योग वाणिज्य संघ र ‘चाइन काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड डोंगुआन सिटी कमिटी’बीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

संघका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा चीनको डोङगुआन सहरमा गएको व्यापारिक प्रतिनिधिमन्डलले गरेको समझादीमा संघकातर्फबाट अध्यक्ष श्रेष्ठ र डोंगुआनको तर्फबाट अध्यक्ष जेंग मेन सेंगले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिअनुसार दुबै संस्थाले संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं विविधिकरणका लागि एक–आपसमा सहकार्य गर्नुकासाथै विभिन्न व्यापारिक सूचनाहरुको आदान–प्रदान गर्ने जनाइएको छ ।