६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शेयर बजार मात्र सकारात्मक


0
Shares

काठमाडौं, वैशाख २८ । पछिल्ला दिन बुलिस ट्रेन्डमा रहँदै आएको शेयर बजार मंगलबार थोरै अंकलेमात्र सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले धनात्मक रहेर १४ सय ८४ मा पुग्यो । कारोबार भने यसदिन पनि उच्च, अर्ब रुपैयाँ नाघ्यो ।

कारोबार भएकामध्ये बढीजसो समूह सकारात्मक रहे । बीमा, उत्पादनमूलक, होटल र जलविद्युत् समूहमा सुधार आएको हो ।

बीमा समूहमा १ सय ९१ को उच्चबृद्धि आएसँगै नेप्से सकारात्मक रहन पुगेको होे । उत्पादनमूलक समूह २८ अंकले सुधारियो । होटल समूहमा पनि १७ अंकको सुधार भयो । वाणिज्य बैंक, वित्त र विकास बैंक समूह भने ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३४ कम्पनीको १९ लाख १० हजार कित्ता शेयर १ अर्ब ८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।