६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


३० लाखले रोजगारी पाउँछन् : उद्योगमन्त्री


0
Shares

भक्तपुर, वैशाख २८ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रम उद्योगमैत्री रहेको बताएका छन् ।

रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा मन्त्री पाण्डेले ‘देशको अहिलेको आवश्यकता आर्थिक क्रान्ति हो’–भने ।

दैलेखमा इन्धन अन्वेषणका लागि चिनियाँ टोली पुगिसकेको र अन्य १० ‘ब्लक’मा पनि इन्धन खोजीको काम तत्कालै गरिने उनले बताए ।

सरकारले उद्योग विस्तारका लागि नेपालका सात प्रदेशमा जमिन छुट्याइसकेको भन्दै उनले ती उद्योगहरुबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा झन्डै ३० लाखले रोजगारी पाउने दाबीसमेत गरे ।