
काठमाडौं, वैशाख २७ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् ।
कुल ३ सय ७२ मतमध्ये ३ सय ५९ मत खसेकोमा प्रधानले २ सय १६ मत ल्याइ प्रधान विजयी भएका हुन् ।
एसोसियसनको ३९औं साधारणसभा तथा १५औं राष्ट्रिय सम्मेलनले प्रधानको नेतृत्वमा चुनावी प्रक्रियाबाट १९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रघुनाथप्रसाद शाह र द्वितीय उपाध्यक्षमा कपिलप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्