
काठमाडौं, वैशाख २७ । सोमबार सुनको मूल्य १ सय रुपैयाँले सस्तिएको छ ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार २ सय रुपैयाँले उकालो लागेर ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
सोमबार चाँदीको मूल्य भने ७ सय ९० रुपैयाँमा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ७४ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्