६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


हस्तकला व्यापार मेला सम्पन्न, ६ करोडको कारोबार


0
Shares

काठमाडौं, वैशाख २७ । राजधानीको भृकुटीमन्डपमा भएको हस्तकला व्यापार मेला तथा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सोमबार उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

वैशाख २३ गते देखि ५ दिनसम्म चलेको प्रदर्शनीको समापन गर्दै पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटनको दिगो विकासका लागि प्रकृतिसँगै कला र संस्कृति जोडेर लैजानु अपरिहार्य रहेको बताए ।

प्रदर्शनीको साढे २ लाखले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीमा ६ करोडको हाराहारीमा प्रत्यक्ष कारोबार भएको पनि आयोजकले जनाएको छ ।

प्रदर्शनीको समापन कार्यक्रममा उत्कृष्ट पेभिलियन एवं उत्कृष्ट स्टललाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट पेभिलियनमा सबा नेपाल एवं उत्कृष्ट स्टलमा धनुषा हस्तकला उद्योग संघलाई पुरस्कृत गरियो ।

प्रदर्शनीकै अवसरमा आयोजित ११औं प्रतियोगितात्मक प्रदर्शनीमा उत्कृष्ट कलाकारहरुलाई पनि पुरस्कृत गरिएको थियो ।