३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


उत्तर कोरियाले बीबीसीका संवाददातालाई निकाल्यो


0
Shares

काठमाडौं, वैशाख २७ । उत्तर कोरियाले त्यहाँ रहेका बीबीसीका संवाददातालाई स्वदेश फर्काएको छ ।

बीबीसी संबाददाता रुपर्ट विंगफिल्ड हेयससहित तीनजनाको टोलीलाई उत्तर कोरियाली सुरक्षाकर्मीले हिरासतमा लिइ आठ घन्टाको सोधपुछ गरी स्वदेश फर्काएको जनाइएको छ ।

उत्तर कोरियाकोबारेमा तथ्यहीन समाचार संकलन र सम्प्रेषण गरेको आरोपमा उनीहरुलाई माफी माग्नसमेत लगाइएको बुझिएको छ ।

उत्तर कोरियाका जनताको जीवनचर्याबारे बीबीसीमा रिपोर्ट प्रसारण भएपछि रुस्ट बनेको उत्तर कोरियाले बीबीसीको टिमलाई देश निकाला गरेको हो । (एजेन्सी)