९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘सुबिसु कन्क्लेभ २०१९’ हुँदै


0
Shares

काठमाडौं, वैशाख २९ । केबल टीभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ २०१९’ गर्ने भएको छ ।

सुबिसुले सूचना, सन्चार तथा प्रविधिका क्षेत्रमा भएका पछिल्ला विकास, चुनौती र यिनका समाधानसम्बन्धी बृहत् छलफलका लागि आउँदो जेठ १ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।

सम्मेलनमा सूचना तथा प्रविधिसँग सम्बन्धित विषयगत विज्ञहरुले साइबर सुरक्षा, सुरक्षित समाजका लागि प्रविधि तथा पछिल्लो समयमा प्रयोग भइरहेका अत्याधुनिक प्रविधिकाबारेमा जानकारी दिने र छलफल गर्ने सुबिसुका अध्यक्ष सुधीर पराजुलीले बताए ।

सम्मेलनमा ४०० जना सहभागी हुने आयोजकले जनाएको छ ।