६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


स्वयम्भुबाट ८२ लाख रकम लुट्ने सातजना पक्राउ


0
Shares

काठमाडौं, वैशाख २६ । काठमाडौंको स्वयम्भुमा वैशाख ७ गते भएको लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जनकपुर–८ घर भई काठमाडौं महानगरपालिका–२३ मा मोबाइल पसल गर्ने बलराम साहलाई लुटेरा समुहले सस्तोमा सुन दिने भनेर स्वयम्भुको पहेलो गुम्बा नजिक पुर्‍याई हतियार देखाएर ८२ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बुटवल–१६ का लक्ष्मण न्यौपाने, नुवाकोट समुन्द्रदेवीका बिनोद गौतम, धादिङ छत्रे देउरालीका कमल गिरी, गोरखा पालुङटारका सुजन बस्याल, धादिङ सल्यानटारका रुपेश श्रेष्ठ, ललितपुरका सविन शाक्य र सविनकी श्रीमती डायना शाक्य रहेका छन् ।

प्रहरीले ८ लाख नगद, सुनका गरगहना, मोबाईल सेटहरु, ४ वटा मोटरसाईकल बरामद गरेको छ ।

सो घटनामा संलग्न फरार २ जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।