
काठमाडौं, वैशाख २६ । साताको शुरुको दिन आइतबार पुनः शेयर बजारमा दोहोरो अंकजसोको सुधार आएको छ । गत साताका अन्तिम दिनतिर केही ऋणात्मक रहेको शेयर बजार यस दिन पुनः सुधारिएको हो ।
बजार परिसूचक नेप्से साढे ९ अंकले उकालो लागेर १४७२ मा पुग्यो भने कारोबार पनि उच्च, झण्डै १ अर्ब बराबर पुग्यो । कारोबार भएका बढीजसो समूह धनात्मक रहेसँगै नेप्से सुधारिएको हो ।
बीमा, वाणिज्य बैंक, वित्त, विकास बैंक र अन्य समूहमा सुधार आएसँगै नेप्से सुधारिएको हो । बीमा समूहमा ५७ अंकको उच्च बृद्धि भयो भने वाणिज्य बैंक समूहमा पनि १३ अंकको बृद्धि आयो । अरु समूह सामान्य अंकले बढेका हुन् । उत्पादनमूलक, होटल र जलविद्युत समूह भने ओरालो लागे ।
जलविद्युत समूहमा सबैभन्दा उच्च ८१ अंकको गिरावट आयो । होटल समूह पनि २१ अंकले घट्यो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १३२ कम्पनीको १४ लाख ६२ हजार कित्ता शेयर ९४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्