
बनेपा,वैशाख २६। काभ्रेपलाञ्चोकमा एक युवतीलाई जबर्जस्ती करणी गरेर गर्भवती बनाउने तीनथली गाविस–५ निवासी १९ वर्षीय जितबहादुर थापालाई चौबास गाविसबाट प्रहरीले शनिबार पक्राउ गरेको छ ।
एक महिनाअघि जबर्जस्ती करणी गरेर फरार रहेका थापाविरुद्ध निजका आफन्तले एक साताअघि प्रहरीमा उजुरी दर्ता गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दा दायर गरेर अनुसन्धान भइरहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्