३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सिरियामा बिद्रोहीको कब्जामा रहेका स्पेनिस पत्रकार रिहा


0
Shares

काठमाडौं, बैशाख २६ । सिरियामा बिद्रोही संगठनको कब्जामा रहेका तीन स्पेनिस पत्रकारलाई रिहा गरिएको छ ।

दश महिनाअघि सिरियाको एलोप्पो शहरबाट कब्जामा लिएका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

हाल टर्कीमा रहेका उनीहरु स्वदेश फर्कने क्रममा रहेको स्पेन सरकारले जनाएको छ । टर्की र कतारको पहलमा उनीहरुलाई रिहा गरिएको हो ।

सन् २०१४ मा पनि आईएसले नियन्त्रणमा लिएका स्पेनका दुई पत्रकारलाई ६ महिनापछि छाडिएको थियो ।

सिरियामा जारी हिंसाका बीच देश विदेशका दर्जनौ पत्रकारको हत्या र अपहरण भइसकेको छ । (एजेन्सी)