३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


इराकमा ५० भन्दा बढी सामूहिक चिहान फेला


0
Shares

काठमाडौं, वैशाख २५ । इराकको रमादी सहरमा ५० भन्दा बढी सामूहिक चिहान भेटिएका छन् । त्यस्ता चिहानमा ४० जनासम्मको शव भेटिएको छ ।

इराकी सेनाले इस्लामिक अतिवादी समूह ‘आइएस’को नियन्त्रणबाट रमादी पुनः नियन्त्रणमा लिएपछि चिहान फेलापरेका हुन् ।

सन् २०१५ को मेदेखि आइएसको नियन्त्रणमा रहेको रमादी डिसेम्बरमा सरकारी सेनाले पुनः नियन्त्रणमा लिएको थियो ।

इराकका लागि अमेरिकी विशेषदूत जान कुविसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सामूहिक चिहान आइएसको नृशंस अपराधको प्रमाण भएको बताएका छन् ।

कुविसले आइएस लडाकूलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्ने पनि बताए ।

सैन्य बलबाट आइएस पराजित हुन नसक्ने भन्दै कुविसले समस्याको जरोसम्म पुगेर सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे ।

आइएसले नियन्त्रणमा लिएका अरु सहरमा पनि चिहान फेलापरेका छन् । इराकमा संघर्षका कारण एक करोड मानिस सहयोगको पर्खाइमा छन् । (एजेन्सी)