६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विए पढेका युवाले गरे कृषि व्यवसायबाटै मालामाल


0
Shares

-कविराज घिमिरे, ईमेज

धनकुटा, बैशाख २५ । स्नातक तथा स्नातकोत्तर गरेपछि जागिर नै खानु पर्छ भन्ने मान्यतालाई चिर्दै धनकुटामा यस्ता युवा पशुपालन व्यवसाय तथा पशुजन्य उद्योग सञ्चालनतर्फ लागेका छन् ।

एक बर्ष यता मात्रै धनकुटामा २० प्रतिशतको हाराहारीमा यस्ता युवा रहेका छन् । यसै बर्ष स्नातक तहको पठाई पुरा गरेका धनकुटा तेलियाका मेघराज खतिवडा जागिर खोज्नुको साटो बाख्रापालनमा लागेका छन् ।

धनकुटा बहुमखि क्याम्पसमा अध्यनरत खतिवडा गाँउ फर्किएर आधुनिक फर्म सञ्चालन गरी वाख्रापालनमा लागेका हुन् ।

बाख्रापालनवाटै मनग्गे आम्दानी तथा बजारको कुनै समस्या नभएकाले जागिर खानभन्दा यसैमा सन्तुष्ट रहेको खतिवडाको बुझाइ छ ।

यता, ब्यबस्थापन बिषय वाट चार बर्ष अघि नै स्नातकोत्तर तह पूरा गरेका धनकुटा नगरपालिका वडा नम्वर २ का लेखनाथ रिजाल पनि जागिरको साटो डेरी उद्योग सञ्चालन तर्फ लागेका छन् ।

खतिवडा र रिजाल त उदहारण मात्रै हुन् । जिल्ला पशु सेवा कार्यालयमा दर्ता गरिएका २ सय ३६ पशुपालन फर्म सञ्चालक मध्ये २० प्रतिशत सञ्चालक स्नातक वा स्नातकोत्तर तह पूरा गरेका युवा रहेको जिल्ला पशु सेवा कार्यालय धनकुटाका चिकित्सक झबिन्द्र मरासिनि बताउँछन् ।

पशु पालन ब्यवसाय तर्फ यस्ता युवालाई थप आकर्षित गर्न सरकार तथा सम्बन्धित निकायले सौलियत ऋण, बिभिन्न तालिम तथा हौसला आबश्यक रहेको युवा उद्यमी बताउँछन् ।

पशुपालनमा मात्रै होईन धनकुटामा कृषिजन्य उत्पादनमा समेत यस्ता युवाको आकर्षण बढ्दो छ । जिल्लामा रहेका कुल ६७ हजार भन्दा बढि कृषक मध्ये तीन देखि पाँच प्रतिसत शिक्षित युवा रहेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जनाएको छ ।
 बढ्दो शिक्षित युवाहरुको पशुपालन तथा कृषि मोह जोगाई राख्न सरकारले सौलियत ऋण, बिभिन्न तालिम तथा हौसला प्रदान गर्न आवश्यक छ ।

जसले कृषि तथा पशुपालन ब्यवसायवाट आत्मानिर्भर बनाउनुका साथै शैक्षिक बेरोजगार युवालाई समेत ब्यवसायिक वनाउन मद्धत मिल्ने छ ।