९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बीआरसीले जित्यो भीमनारायण गोल्डकपको उपाधि


0
Shares

अपडेटः
धनकुटा, वैशाख २५ । धनकुटामा सम्पन्न सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १२औं संस्करणको उपाधि बीआरसी भुटानले जितेको छ ।

शनिबार भएको फाइनलमा गोधुली क्लब, सुनसरीलाई ‘टाइब्रेकर’मा ४–२ ले हराउँदै बीआरसीले उपाधि चुमेको हो ।

यसअघि, निर्धारित् ९० मिनेटको खेलमा १–१ को बराबरी भएको थियो । ७०औं मिनेटमा सुमन लामाले बीआरसीलाई र ८५औं मिनेटमा चाल्र्स राईले सुनसरीलाई गोल दिलाएका थिए ।

टाइब्रेकरमा बीआरसीका लागि बुद्ध तामाङ, मौसा, रुपेश केसी र सुमन लामाले गोल गरे भने सुनसरीका लागी निराजन खड्का र हेमन्त थापामगरमात्र गोल गर्न सफल भए ।

उपाधिसँगै बीआरसीले दुई २ र उपविजेता सुनसरीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।