६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


पेट्रोलियम ऐन तत्काल ल्याउन माग, ‘व्यापक भ्रष्टाचार हुँदा पनि सरकारले आँखा चिम्लियो’


0
Shares

काठमाडौं, वैशाख २४ । पेट्रोलियम व्यवसायीले तत्काल पेट्रोलियम ऐन ल्याउनुपर्ने माग गरेका छन् ।

पेट्रोलियम ऐनको अभावमा यो क्षेत्रमा नीतिगत् जटिलता थपिएको भन्दै सबै व्यवसायीहरुले ऐनको आवश्यकता औल्याएका हुन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ३९औं वार्षिक साधारणसभा तथा १५औं राष्ट्रिय सम्मेलनमा शुक्रबार व्यवसायीहरुले ऐन ल्याउन सरकारसँग माग गरेका हुन् ।

लागतअनुसार तेल बिक्री गर्न नपाउँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरुले पेट्रोलियम ऐनले सरकार र निनी क्षेत्र दुबैलाई काम गर्न सहजता मिल्नेमा जोड दिए ।

एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले हाल सन्चालनमा रहेका पम्पलाई मागेजति परिमाणमा तेल दिन नसकिरहेको अवस्थामा सरकारले नयाँ डिलरसिप खोल्नु व्यवसायको हितविपरीत रहेको बताए ।

मुलुकभर अहिले १ हजार ३ सय ८४ पम्प, प्याक्ड बिक्रेता २ सय ७४ र मट्टितेल बिक्रेताको संख्या १ हजार ५८ रहेको छ ।

कार्यक्रममा व्यवसायीहरुले आयल निगममा व्यापक भ्रष्टाचार भैरहँदा पनि सरकारले आँखा चिम्लिरहेको आरोप पनि लगाए ।

कार्यक्रममा आपूर्तिसचिव श्रीधर सापकोटाले व्यवसायीमा सेवाभाव पनि हुनुपर्नेमा जोड दिँदै सरकार निजी क्षेत्रका समस्या समाधान गर्न तयार रहेको बताए ।

निगमका कार्यकारी निर्देशक गोपालबहादुर खडकाले व्यवसायीहरुलाई विशुद्ध व्यापारमा लाग्न सुझाव दिँदै उचित मोडेल ल्याएमा निगम पब्लिक पाट्र्नरसिपमासमेत काम गर्न तयार रहेको बताए ।