
काठमाडौं, वैशाख २४ । विहीबार स्थीर रहेको सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्यमा १ सय रुपैयाँले कमी आएर ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन ५६ हजार ५ सय रुपैयाँमा स्थीर रहेको थियो ।
चाँदीको मूल्य भने शुक्रबार पनि ७ सय ९० रुपैयाँमा स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ८१ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्