१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

मोदीले ‘लोकतन्त्रको हत्या गरेको’ भन्दै भारतमा सरकारविरुद्ध प्रदर्शन


0
Shares

काठमाडौं, वैशाख २४ । भारतमा ‘लोकतन्त्रको हत्या गरिएको’ भन्दै विपक्षी कंग्रेस आइले सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

शुक्रबार राजधानी नयाँदिल्लीको जन्तर–मन्तर चोकबाट ‘लोकतन्त्र बचाऔं’ भन्ने नारासहित गरिएको प्रदर्शनकाक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन सिंह र कंग्रेस आइका अध्यक्ष सोनिया गान्धीको अगुवाइमा भएको प्रदर्शनमा सयौंको सहभागिता थियो ।

त्यसक्रममा गान्धी र सिंहलेसमेत गिरफ्तारी दिएका थिए । तर, उनीहरुलाई प्रहरीले रिहा गरिसकेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्रको हत्या गर्दै विभिन्न राज्यमा आफ्नो पार्टीका नेताको नेतृत्वमा रहेको सरकार हटाउँदै राष्ट्रपति शासन लगाउन थालेको भन्दै कंग्रेस आइले विरोध प्रदर्शन गरेको हो ।

मोदी सरकार अधिनायकवादी बाटोमा लागेको आरोप कंग्रेसले लगाएको छ । (एजेन्सी)