९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयहरुको अनुगमन गर्ने, बढी शुल्क लिनेलाई कारबाही


0
Shares

काठमाडौं, वैशाख २४ । शिक्षा मन्त्रालयले आगामी सोमबारदेखि देशभरका निजी विद्यालयहरुको अनुगमन गर्ने भएको छ ।

निजी विद्यालयहरुले मनपरीरुपमा शुल्क लिने गरेको गुनासो बढिरहेको बेला शुक्रबार शिक्षा मन्त्रालयका अधिकारी, विद्यार्थी संगठन र अभिभावक संघबीच भएको छलफलले विद्यालयहरुको अनुगमन गर्ने तय गरेको हो ।

अनुगमनकाक्रममा बढी शुल्क लिएको पाइएमा त्यसलाई घटाउन लगाउने र अटेर गरेमा कारबाही गर्ने जनाइएको छ ।

अनुगमनमा मन्त्रालयका अधिकारीहरु, अभिभावक र विद्यार्थी संगठनका प्रतिनिधिसमेत रहने छन् ।