३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


उत्तर कोरियाली कम्यूनिष्ट पार्टीको राष्ट्रिय सम्मेलन


0
Shares

प्योङयोङ, वैशाख २४ । उत्तर कोरियाली कम्युनिष्ट पार्टीको दशकौंपछि राष्ट्रिय सम्मेलन हुन लागेको छ ।

सम्मेलनमा उत्तर कोरियाली नेता किम जोन उनले पार्टी र मुलुकको भविष्यको योजना पेश गर्ने छन् । ३६ वर्षपछि हुन लागेको सम्मेलनमा हजारौं प्रतिनिधि सहभागी हुँदैछन् । सम्मेलनबाट नयाँ केन्द्रीय समिति, पोलिटब्यूरो र अन्य मुख्य राजनीतिक पदमा नयाँ पुस्तालाई स्थान दिइने छ ।

नेतालाई पदभार ग्रहण पनि गराइने छ । नेता उनले उत्तर कोरियाको आर्थिक विकास र परमाणु क्षमता वृद्धिमा जोड दिने बताईएको छ ।

यसैगरी मिसाइल परीक्षणका सम्बन्धमा आफ्नो देशमाथि संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरुले लगाएको आरोपबारे पनि सम्मेलनमा गहन रुपमा छलफल हुनसक्ने आंकलन गरिएको छ ।

सन् १९८० पछि आयोजना हुन लागेको यो सातौं पार्टी सम्मेलन हो । नेता किम जोन उनका पिता किम जोग इलको शासनकालमा भने यस्तो सम्मेलन एकचोटी पनि आयोजना गरिएको थिएन ।

सम्मेलनलाई नै हेरेर उत्तर कोरियाभर सुरक्षा ब्यबस्था कडा बनाइएको छ ।