४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


भूमहीमा बस दुर्घटना, एकजनाको मृत्यु, २० घाइते


0
Shares

चितवन, असार २८ । नारायणघाटबाट नेपालगन्जका लागि छुटेको एक यात्रीबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत् पश्चिम नवलपरासीको भूमहीमा दुर्घटना भएको छ ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अरु २० जना घाइते भएका छन् ।

ना६ख ९४३८ नम्बरको बस बिहीबार सुनवल नगरपालिका वडा नम्बर–१२, भूमहीमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा गुल्मीका गणेश लम्साल रहेका छन् । उनको बसमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

उनकी अन्दाजी ६ वर्षीया छोरी सुप्रिया लम्साल पनि गम्भीर घाइते भएकी छन् ।

अरु घाइतेमध्ये १० जना गम्भीर रहेको र उनीहरुको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।