६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विहीबार पनि नेप्से सामान्य अंकले घट्यो


0
Shares

काठमाडौं, वैशाख २३ । विहीबार पनि शेयर बजार परिसूचक नेप्सेमा गिरावट आयो ।

यसदिन नेप्से करिब ५ अंकले घटेर १४ सय ६३ विन्दुमा आइपुग्यो ।

यसदिन होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । होटल समूह २० अंकले बढ्यो ।

यसदिन १ सय ३३ कम्पनीको ८ लाख ६६ हजार कित्ता शेयर ७३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।